P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश हुँदै

  • प्रकाशीत मिती

    असार ३२, काठमाडाैं

सरकारले अनसनरत डा.गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक दोस्रोपटक पेस गर्ने तयारी गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको हो। सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालले जानकारी दिएको छ।

डा. केसीसँग वार्ता गर्ने प्रयास गरिरहेको सरकारले त्यस अगावै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न लागेको हो। डा. केसीसँग वार्ता अगाडि बढाउने र सहमतिका आधारमा विधेयक संशोधन गर्न सकिने सरकारले बताएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कांग्रेससँग सहमति गरेर द्रुतमार्गबाट विधेयक पारित गर्ने सरकारको योजना रहेको बताएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसी जुम्लामा अनशन बसेको १६ दिन भइसकेको छ।

सरकारले वार्ताका लागि अनशन छाडेर काठमाडौं आउन आग्रह गरे पनि उनले मानिरहेका छैनन्। केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ।

त्यसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने लगायतका विषय उल्लेख छन्। जसलाई मान्न नसकिने वर्तमान सरकारले बताउँदै आएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal