P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

दलहरु आज अन्तिम चुनावी प्रचारमा
"चुनावी प्रतिस्पर्धामा अन्तिम दौड "

मंसिर १८, काठमाडौं ।

प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनमा मौन अवधि शुरु हुनुअघि दलहरु आज अन्तिम चुनावी प्रचारमा बिहानैदेखि जुटेका छन् ।
आगामी बिहिवार ४५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ वजेबाट मौन अवधि लागू हुनेभएपछि दलहरु अन्तिम कसरतमा जुटेका हुन् । अधिकांश दल र तीनका उम्मेदवार विहानै देखि चुनावी प्रतिस्पर्धामा दौडेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर वहादुर देउवा आफ्नो चुनावी क्षेत्र डडेलधुरामा हुनुहुन्छ । डडेलघुराबाट प्रतिनीधिसभा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहानैबाट चुनावी प्रचारमा रहनुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बाम गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओलीले आज काठमाडौंका विभिन्न क्षेत्रमा हुने चुनावी सभालाई सम्वोधन गर्दैहुनुहुन्छ । अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेल उठेको काठमाडौं क्षेत्रनम्वर ५, नेता राजन भट्टराई उठेको क्षेत्र नम्वर ४ र भक्तपुर २ मा महेश बस्नेतेको क्षेत्रमा हुने चुनावी सभालाई सम्वोधन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि विहानै देखि आफ्नो चुनावी क्षेत्रमा प्रचारमा रहनुभएको हाम्रा सहकर्मीले जनाएका छन् । दाहाल चितवन १ मा एमाले नेता सुरेन्द्र पाण्डेको चुनावी सभामा पनि सहभागी हुने सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिनुभयो । राजपा र संघीय समाजबादी फोरमका साथै अन्य दल र तीनका उम्मेदवारपनि बिहानैबाट चुनावी प्रचारमा छन् ।एजेन्सी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal