P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आज बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा ,‘भैरे, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’

  • प्रकाशीत मिती

    काठमाडौं,साउन ४

आज बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । गत साता रिलिज भएका चार चलचित्र ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ मध्ये कुनै पनि चलचित्रले राम्रो ब्यवसाय गर्न नसकेको यथार्त सबैको सामु छर्लङ हुँदा हुदै पनि अहिले तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ प्रदर्शनमा आएका हुन् ।
यी तीन चलचित्र मध्य ‘भैरे’ र ‘पण्डित बाजेको लौरी’ प्रचार प्रसार सहित प्रदर्शनमा आएको छ, भने ‘चक्कर’ बिना प्रचारप्रसार उत्रिएको हलमा लागेका हो ।

‘भैरे’
एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’को निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह निर्माता रहेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रचार प्रसार ब्यपक गरिएको चलचित्र देशभरका मेजर स्टेसनबाट प्रदर्शनमा आएका हुन् । अधिकाम्स चलेका कलाकार भैरेमा देख्न सकिन्छ ।

‘पण्डित बाजेको लौरी’
बुधबार प्रिमिएर गरिएको यो चलचित्र दीपक ओलीले निर्देशन गरेका हुन् । बादी प्रथा र पण्डितत्याँईं परम्परा बिचको द्धोन्दलाई कथा बनाइएको यो चलचित्रमा सन्ध्या केसी, विजय बराल, भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायतको अभिनय छ । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको ‘पण्डित बाजेको लौरी’ लाई विदुर पाण्डेले खिचेका हुन्, भने संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले भरेका छन् ।

‘चक्कर’
अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ सेक्स र क्राइमको मिश्रित चलचित्र हो । अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा र स्मृति पोखरेलको अभिनय रहेको चलचित्र नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली चलचित्र भन्दा यो केहि पृथक रहेको निर्माण युनिटले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal