P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक , छुल्ठिमको दमदार डान्समा (भिडियो)

  • प्रकाशीत मिती

    काठमाडौं,साउन ५

केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

शुक्रबार हाइलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट ुपैसा फेक तमाशा देखु बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।

नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् ।

उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट मिस्टर आरजेको आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन् ।

गीतका शब्द टुरिस्ट जङ बिकेले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ ।

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ यही भाद्र १ गते प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको सङ्गीत रहेको छ ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा।लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal