‘कथा काठमाडौं’को गीत रिलिज, भिडियोमा प्रियंका र प्रमोदको ‘इन्टिमेट सिन’
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








फिल्म कथा काठमाडौंको गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत रिलिज गरिएको हो।
सार्वजनिक रातको कुराु बोलको गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको छ। गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन्।
सार्वजनिक उक्त गीतको भिडियोमा फिल्मका प्रमुख दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीलाई फिचर गरिएको छ। भिडियोमा उनीहरू निकै खुलेका छन्।
इन्टिमेट सिनसमेत समावेश गीतमा काठमाडौंको एक रातको कथा प्रस्तुत गरिएको बताइएको छ।
सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ।
विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।
फिल्म असोज १२ बाट प्रदशर्नमा आउदैँ छ।