मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनलाई रोक ,सडक व्यबस्थित गर्ने भरतपुर महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनलाई रोक लगाई सडक व्यबस्थित गर्ने भरतपुर महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन गर्न बाटो खुलेकोछ । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिए पछि भरतपुर महानगरपालिकाले गरेको निर्णय कार्यन्वय हुने भएको हो ।
भरतपुर महानगरपालिकाले साउन ५ गते बाट कार्यन्वयन हुने गरि वाइपास रोड, पुर्वपश्चिम राजमार्ग संगै नारायणगढ र मुग्लिन गरि १६ ठाउ“ बाट तीन पाग्रे सवारी साधनलाई क्रस गर्ने पाउने व्यवस्था गरेको थियो तर अहिले आएको आदेश अनुसार महानगरले १९ ठाउ“ बाट बाट तीन पाग्रे सवारी साधनलाई क्रस गर्न पाउने व्यवस्था मिलाउन पर्ने छ ।
पहिले वाइपास तर्फ वसेनी चोक,विशाल चोक,नगर चोक,अन्तरीक राजस्व चोक मालपोत चोक , हुलाक चोक, थानी चोक भएको मा थप क्षेत्रपुर चोक बाट पनि तीन पाग्रे सवारी साधन क्रस गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
यस्तै पुर्व पश्चिम राजमार्ग तर्फ पहिले लायन्स चोक,चौविसकोठी चोक, रिजाल चोक, हाकिम चोक संगै थप पुलचोक र नारायण मुल्लिन सडक अन्तर्गत पहिले नारायणगढ वस पार्क, लिला चोक, उधोग वाणिज्य संघ चोक,युथ क्लब चोक, पुलचोकको किचन क्याफे चोक भएकोमा थप देवघाट जाने चोक बाट तीन पाग्रे सवारी साधनलाई क्रस गर्ने पाउने व्यस्था हुनु पर्ने छ ।
यस अगाडि तिनपांग्रे सवारी साधन संचालनक व्यवसायीहरुले मुख्य राजमार्गमा पनि निर्बाध सवारी साधन चलाउन पाउनु पर्ने भनी माग गरेका थिए ।