P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सांसदहरुमा हंगामा

  • प्रकाशीत मिती

    काठमाडौं, साउन १३

प्रतिनिधि सभा बैठकमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति हंगामा भएको छ ।सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो ।दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीय बासिन्दाले कञ्चनपुरमा विरोध गरिरहेका छन् ।

संसदको शून्य र विशेष समयमा सांसद डिला संग्रौला, उमा रेग्मी, तेजुलाल चौधरी, प्रेम सुवाल, भरत साह, रंगमती शाही, सरीता गिरी, दीपकप्रसाद भट्ट, नीरुदेवी पाल, दिलेन्द्र बडु, प्रमिला राई लगायतले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडा कारबाही गर्न माग गरेका छन् ।

सांसद लक्ष्मी परियार, मीना बुढाथोकी, भोजकुमारी राउत सहितले पनि दोषीलाई पक्रेर चाडो कारबाही गर्न माग गरिन ।घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दा माथि प्रशासनले दमन गरेको भन्दै उनीहरुले सरकारी अधिकारीकै उपस्थितिमा घटनाको प्रमाण लुकाउने प्रयास भएको आरोप पनि लगाएका छन् ।

सांसदहरुले संसद र सरकारको ध्यानाकर्षण गराएपछि सभामुख कृष्णबहादुर महराले घटनाबारे संसदलाई जानकारी गराउन तथा कारबाही प्रक्रियामा भएको प्रगति जानकारी गराउन सरकार तथा गृह मन्त्रालयलाई रुलिङ्ग गरेका छन्  ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal