P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय हतियार सहित पक्राउ

मंसिर २०,राजविराज ।
दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।
नेपाल–भारत सीमा नाका बन्द
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिनुभयो । नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।
मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गर्नुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ । सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उहाँले बताउनुभयोे । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।ःरासस

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal