एमाले र राजपा नेपालका कार्यकर्ताबीच झडप हुंदा दुई जना घाइते
मंसिर २०,सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ ।
झडपामा दुई जना घाइते भएका छन् । मंगलबार राती एमाले कार्यकर्ताले राजपाको पोष्टर पम्पलेट र झण्डा जलाएपछि राजपा कार्यकर्ताले पनि एमालेको पोष्टर जलाएको विषयलाई लिएर आज बिहान झडप भएको हो ।
एमाले कार्यकर्ता तुलसी नारायण श्रेष्ठको नेतृत्वमा आएकाहरु राजपा नेपालका कार्यकर्ताहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा माथि आक्रमण गर्न खोजेपछि दोहरो झडप हुँदा सर्लाही निर्वाचन क्षेत्र नंं १ को ख बाट राजपा नेपालको तर्फबाट प्रदेश सभाका उम्मेदवार राम प्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एक जाना एमाले कार्यकर्ता घाईते भएको जनाइएको छ ।
अहिले त्यहाँको स्थिति तनावपूर्ण रहेको राजपाका प्रतिनिध सभा सदस्य पदका उम्मेदवार प्रमोद साहले जानकारी दिए ।
घटना स्थलमा प्रहरी परिचालन गरि सकेको सर्लाहीका प्रहरी उपरिक्षक मोहमद मसाउद आलम खाँले जानकारी दिए ।