P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

काँग्रेसको विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल हुँदै

  • प्रकाशक

    सन्देश दैनिक संवाददाता
  • प्रकाशीत मिती

    असाेज १८, काठमाडाै‌

नेपाली काङ्ग्रेसले सात वटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि आजदेखि छलफल प्रारम्भ गर्दैछ ।

विधान संशोधन मस्यौदा समितिको बुधवार बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो ।

विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिनुभएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको छ ।

समितिका संयोजक एवं काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त प्रतिवेदनउपर छलफल प्रारम्भ गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसले यही असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्र्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन गरेको थियो ।

प्रदेश नं १ को इलाम र मोरङ, प्रदेश नं २ धनुषा र पर्सा, प्रदेश नं ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश नं ५ दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय सङ्कलन गरिएको हो ।

काङ्ग्रेसले अहिले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान परिमार्जन गर्ने तयारी थालेको हो । बैठकले विधान संशोधन मस्यौदा समितिद्वारा देशका सात वटै प्रदेशका १२ स्थानमा आयोजित प्रदेशस्तरीय राय सुझाव सङ्कलनका कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको र उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यवादसमेत दिएको छ ।

सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal