निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको पक्राउबारे अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दैछ ।
गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो ।
हत्याको ३६ दिनपछि यसअघि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।
त्यतिबेला हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
यस्तै पक्राउ परेका अन्यमा हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए ।
यस्तै हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पनि प्रहरीले पक्राउ गरिसककेको छ भने अर्का आरोपी मनोज पुन इन्काउन्टरमा मारिइसकेका छन् ।
कसरी भएको थियो हत्या ?
असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन पौने ३ बजे आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वर तर्फ जाँदै गर्दा प्रयाग मार्ग चोकमा गोली प्रहार भयो । गौचनका चालकले कार चलाइरहेका बेला चालकको अगाडि सिसामा इटा प्रहार भयो भने लगतै गौचनमाथि २ राउण्ड गोली हानेर हत्या गरियो ।
प्रहरीले गौचनमाथि प्रहार गरिएको गोली फरक फरक भएको जनाएको छ । एकजना सुटर राजिव स्याङ्ताङ रहेको प्रहरीको निष्कर्ष छ । प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको सिसी टिभी फुटेजका आधारमा हत्यापछि मोटरसाइकलको पछाडि बसेर फरार भएका थिए ।
उनले हत्या गर्दा टोपी र ज्याकेट लगाएका थिए । बाटोमा टोपी र ज्याकेट फ्याँक्दै आफ्नो हुलिया बद्ल्दै सिनामंगलतर्फ भागेका थिए । उनले हत्या गरेको दिन लगाएको छिर्के मिर्के कपडामै प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ ।
हत्याराहरुले एक महिना अघि देखि नै गौचनलाई हत्याका लागि निगरानी गर्दै आइरहेका थिए । हत्याका लागि उनीहरुले भारतबाट मोटरसाइकल चोरी गरी नेपाली नम्बर प्लेट प्रयोग गरेका थिए ।
प्रहरीले बरामद गरेको नेपाली प्लेट नं. बा ३५ प. २४६१ भएको मोटर साइकल हत्यामा संलग्न शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैयाँ १८ हजारमा खरिद गरी श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए ।
यस्तै शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैँया ५५ हजारमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैँयामा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए ।
सोही मोटरसाइकल हत्याका लागि प्रयोग भएको र गौचनलाई प्रहार गरिएको गोली फर फरक हतियाबाट प्रहार गरिएको प्रहरीको निष्र्कष छ ।