P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सार्वजनिक यातायातमा यौन हिंसा विरुद्ध १६ दिने अभियान सुरु

  • प्रकाशीत मिती

    मंसिर ९, काठमाडाैं ।

‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ आइतबारदेखि १६ दिने अभियान सुरु हुँदैछ।

हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। अभियानका क्रममा विभिन्न संघ संस्थाले पदयात्रा, अन्र्तक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गर्दैछन्।

साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसाका विरुद्ध शनिबारदेखि अभियान सुरु गरेको छ।

अभियानका अवसरमा राष्ट्रिय महिला आयोगले दुई दिनसम्म सातै प्रदेशका सांसद्, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकासमन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्रिया गर्दैछ।

लैंगिकताका आधारमा महिला तथा पुरुषमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वव्यापी रुपमा यो अभियान सुरु भएको हो।

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी दिवसका रूपमा मनाउँदै आएको छ।

विश्वमा सन् १९९१ देखि यो अभियान सुरु भएको हो। नेपालमा भने ०५४ सालदेखि यो अभियान सञ्चालन हुँदै आएको छ।

बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथासँगै यौन हिंसाबाट नेपालमा दिनहुँ महिला प्रताडित हुँदै आएका छन्।

कानुनले निषेध गरिसकेको अवस्थामा समेत अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य छन्।

अभियान अन्तर्गत बस, रात्री बस, मिनी तथा माइक्रो बस, टेम्पोमा सँगै बस्दा महिलालाई छुने, थिच्ने, घुर्ने, जिस्क्याउने जस्ता अवान्छित र अमर्यादित काम रोक्ने बताइएको छ।

अभियानको उद्घाटन शनिबार महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले साझा यातायात कार्यालय ललितपुरबाट उद्घाटन गरेकी छिन्। यौनजन्य तथा लैङ्गिक हिंसाविरूद्धको अभियान अन्तरर्गत सार्वजनिक यातायातमा अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत सार्वजनिक यातायातमा यात्रीलाई घटनाबारे जानकारी दिन महिला आयोगको हटलाइन ११४५ मा रिपोर्ट गर्ने जस्ता सूचनामूलक ब्यानर र स्टिकरसहित कार्यक्रम हुँदैछ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवशका अवसरमा शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशिलता लिएको उल्लेख गरिएको छ।स्राेत

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal