P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

फरार अभियुक्तको सूचीमा रहेकाे चौधरीलाई,प्रहरीले पक्राउ गर्ने

मंसिर २६,काठमाडौैं ।
प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका रेशम चौधरीले प्रतनिधिसभा सदस्यमा चुनाव जितेपछि प्रहरीलाई चुनौती थपिएको छ। उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले २० हजार मतान्तरले चुनाव जितेका छन्। राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी एमालेकी मदनकुमारी गरिमा शाहले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन् ।
भारतमै बसेर वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरेका चौधरी चुनाव जितेपछि जिल्ला फर्कन सक्ने भएकाले उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो। ‘उनी हाम्रो सूचीमा फरार अभियुक्त हुन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनोज नेउपानेले भने, ‘चुनाव जितेपछि पनि उनी पक्राउ पर्छन्।’ ।
चौधरी विरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत कैलालीमा विचाराधीन छ। अदालतले उनलाई पक्राउ वारेन्ट जारी गरिसकेको छ। ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा ७ प्रहरी मारिएका थिए। आन्दोलनकारीबाट एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिएका थिए। प्रहरीमाथिको सो आक्रमण रेशमकै योजनामा भएको भन्दै प्रहरीले उनीविरुद्ध प्रमुख अभियुक्तका रुपमा मुद्दा दायर गरेको थियो। जुन घटनामा संलग्न २५ भन्दा बढी अभियुक्त जेलमा छन्। चौधरी लगायत केही फरार छन् ।
घटना लगत्तै चौधरी भारतमा भागेका थिए। उनी स्थानीय नेताहरुसँग सम्पर्कमा छन्। सीमापारिबाटै उनले चुनावी अभियान चलाएका थिए। उनी मिडियामा अन्तर्वार्ता समेत दिँदै आएका छन्। तर, विगतमा प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याउन चासो दिएन। अहिले चुनाव जितेपछि भने प्रहरीले चासो बढाएको छ।
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरी जिल्ला आउन सक्ने भएकाले पक्राउ गर्न मातहतको प्रहरीलाई निर्देशन दिएको छ। ‘हामी उनलाई खोजीखोजी पक्राउ गर्छौं’ कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने।
भारतमै बसेर चौधरीले आफूविरुद्धको मुद्दा फिर्ता गर्न लबिङ गर्दै आएका छन्। उक्त घटना राजनीतिक आन्दोलन भएको भन्दै फिर्ता हुनुपर्ने उनको तर्क छ। तर, गम्भीर प्रकृतीको मुद्दा भएको र प्रहरी अधिकारीहरुको निर्मम हत्या भएकाले उक्त मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ।

को हुन् रेशम?
एक समय दरबार निकट थिए रेशम चौधरी। तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि आवेदन माग्दा उनले पनि दिएका थिए। २०५९र६० मा उनी एचबिसी एफएममा लोकसंगीत सम्बन्धी कार्यक्रम चलाउथे। पछि टीकापुरमा गएर आफैं एफएम खोले। रिसोर्ट पनि चलाए। विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुदका गतिविधिहरु सञ्चालन गरे।
उनले मिडियाकै आडमा राजनीतिमा पनि सक्रियता बढाउँदै लगेका थिए। थारु समुदायनमा उनी लोकप्रिय थिए। संविधानका विषयमा भएको असन्तुष्टिलाई लिएर भएको आन्दोलनको कैलालीमा उनले नै नेतृत्व गरेका थिए। त्यही आन्दोलन उग्र बन्दा कैलालीमा प्रहरी अधिकारीहरु मारिने गरी टीकापुर घटना भएको थियो।
उनले जितेको कैलाली १ नन्मबर क्षेत्रमा ७० प्रतिशत थारु समुदायको बसोबास छ। जसकारण जातीय भोटले पनि उनलाई जित्न सहज भएको हो। तर, प्रतिनिधिसभा हलभित्र छिर्न भने उनलाई त्यति सहज छैन।एजेन्सी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal