हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएकाे सुत्केरीकाे मृत्यु
मंसिर २७, कालिकोट ।
कालिकोटबाट उपचारका लागि काठमाडौं रिफर गरिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिकोटको खाँडाचक्र नगरपालिका(१ बस्ने ३१ वर्षीया चन्द्रा शाही रहेकी छन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । कालिकोट जिल्ला अस्पतालमा सुत्केरी गराउने क्रममा अत्यधिक रक्तश्राव भएपछि काठमाडौं रिफर गरिएकी उनको शिक्षण अस्पतालमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको आफन्त धिरेन्द्रबहादुर शाहीले जानकारी दिए । राति हेलिकप्टरको व्यवस्था नभएको र बिहान खराब मौसमका कारण उडान ढिलो भएकाले उपचार अभावमा शाहीको मृत्यु भएको उनको भनाइ छ ।
सुत्केरी महिलाको उपचारमा संलग्न जिल्ला अस्पताल कालिकोटका डा.कौशल अलीका अनुसार गर्भवती भएको ४२ हप्तासम्म पनि सुत्केरी व्यथा नलागेपछि औषधि दिएर पाठेघरको मुख खोलिएको थियो । तर, यति गर्दा पनि बच्चा नजन्मिएपछि शल्यक्रिया गरिएको थियो । कालिकोट जिल्ला अस्पतालको तथ्यांक अनुसार यस आर्थिक वर्षमा सुत्केरी हुन आएका जम्मा १ सय ६३ जना महिलामध्ये हेलिकप्टरमार्फत तीन जना र गाडीबाट १ जना गरी चार जनालाई रिफर गरिएको देखिन्छ ।