इंग्लिस प्रिमियर लिगःम्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडकाे जित
मंसिर २८ विराटनगर ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले आ–आफ्नो खेलमा जित निकालेका छन् । गत राति भएको खेलमा म्यान्चेस्टर सिटीले स्वान्सीलाई ४–० ले हरायो । सिटीको जितमा सिल्भाले २ तथा केभिन डे ब्रायन र अग्युइरोले १–१ गोल गरे ।
म्यान्चेस्टर युनाइटेडले बर्न माउथलाई १–१ शून्यले हरायो । उसको जितमा लुकाकुले गरेको १ मात्र गोल निर्णायक बन्यो ।
राति नै भएका अन्य खेलमा लेस्टर सिटीले साउथ ह्याम्पटनलाई ४–१ ले हराउँदा एभर्टनले न्यु क्यासललाई १–० ले हरायो । त्यस्तै, टोटनह्यामले ब्राइटलाई २–० ले हराउँदा आर्सनल भने वेस्टह्यामसँग गोल रहित बराबरीमा रोकियो ।
अब यसँंगै म्यान्चेस्टर सिटीले १७ खेलबाट ४९ अंक जोडेको छ भने म्यान्चेस्टर युनाइटेडले समान खेलबाट कूल ३८ अंक बनाएको छ ।