पौष ४,काठमाडौं ।
आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइको महत्वका बारेमा जानकारी दिँदा शिशु मृत्युदरमा कमी आएको एक अध्ययनले देखाएको छ।
शिशुलाई खोप लगाउन खोप केन्द्रमा पुग्ने आमाहरुलाई स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी दिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको हो।
स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखा र वाटर एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले ती जिल्लामा बाल मृत्युदर तथा पानीका कारणले हुने रोगमा उल्लेख्य कमी आएको भेटिएको छ।
नेपालमा वर्षेनी खोप सेवा लिने बालबालिका करीब छ लाख ३० हजार छन्। यस्ता बालबालिकालाई मन्त्रालयअन्तर्गतका १६ हजार खोपकेन्द्रमार्फत खोप सेवा दिइन्छ। खोपको पहुँचदर भने ७८ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन।
मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेलले आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा जाने आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव परेको हुँदा यस्ता कार्यक्रमलाई सबै तहमा विस्तार गर्न मन्त्रालयले ध्यान दिएको बताए।
रासस