P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जितमा नायक बने रोहित कुमार पौडेलःभैरहवाले गर्याे लगातार दोस्रो जित

पुष ६,काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा नायक बने रोहित कुमार पौडेल । छैटौं विकेटका रुपमा रोहितले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । रन आउट भएका उनले पाँच चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै भारतीय खेलाडी पुनित विष्टले अर्धशतकीय पारी खेले । बिष्ट ५० रन जोडेर आउट भए । त्यसबाहेक भैरहवाका आरिफ शेखले अविजित २७ रन जोड्दा कप्तान शरद भेषवाकरले १३ रन जोडे । ललितपुरका योगेश नगरले २ तथा सन्दिप लामिछाने र सुबोध भाटीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नगरले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४२ तथा जयकिशन कोल्सावालाले १४ रन बनाएका थिए । भैरहवाका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले समान २ – २ विकेट लिए ।
यो जितसँगै भैरहवा लिगको शिर्ष स्थानमा उक्लिएको छ । भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा भैरहवाले काठमाडौँ किङस इलाभेनलाई ७ विकेटले हराएको थियो । समान ४ अंक जोडेको विराटनगर वारिवर्स दोस्रो स्थानमा रहेको छ । यता, लगातार दोस्रो हार बेहोरेको ललितपुर २ अंक जोडेर चौथो स्थानमा छ । ललितपुरले पहिलो खेलमा काठमाडौँलाई पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal