याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेकाे नेपाली चलचित्र ‘जादुगर २’ अर्थात ‘जोकर’ फाल्गुन ३ गते देशभर रिलिज हुने पक्का भएकाे छ ।शनिवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै ‘जोकर’ आगामी फाल्गुन ३ नेपाली दर्शकमाँझ आउने निमार्ण पक्षले जनाएकाे हाे । जोकर’ चलचित्रमा महादेव त्रिपाठीको निर्देशन र विशेष पन्तको लेखन रहेको छ ।
कलाकार तथा निर्देशक महादेव त्रिपाठीकाे हाँस्यव्यङ्गले भरिएकाे यस चलचित्र ‘जादुगर २ ‘ अर्थात ‘जोकर’ आफ्ना अरु चलचित्रहरु जस्तै दर्शकलाई पुरा मनाेरञ्जन दिने उनकाे भनाइ छ । साथै उनले ‘जोकर’ नेपाली समाजको यथार्थपरक घटनालाई हाँस्य रुपमा निर्माण गरिएकाे भन्दै कसरी जोकर बन्नु पर्यो भन्ने बिशेष कथालाई पनि प्रस्तुत गर्न खाेजिएकाे बताए ।
यस चलचित्रबाट मोडल सिम्पल खरेलले डेब्यु गरेकी हुन् । यसमा सुरेन्द्र केसी (मुलाको साग) , शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालकाे संयुक्त लगानीमा निर्माण भएकाे हाे यस चलचित्रलाई रिच ईन्टरटेन्टमेन्ट वितरक गर्दै आएका छन ।
चलचित्रको केही समय अगाडी सार्वजनिक ट्रेलर र गीतले दर्शक/स्रोताको मन जितिसकेकाे छ । चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन् भने तारा थापा किम्बेले सम्पादन गरेका छन् ।
चलचित्रमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्र्ब्र बिश्को को गीत सङ्गीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि.क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ ।https://www.youtube.com/watch?v=dAU4I-Uidjc