अखिल नेपाल फुटबल संघ एन्फाको बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित गरिएको छ । बिहीबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको हो । वर्तमान कार्यसमितिको दोस्रो बैठकमा विभिन्न १८ एजेन्डा तय थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको थियो । तर, बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । यसअघि, गएको सोमबारका लागि बोलाइएको...

राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजना गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । दुई टोलीबीचको उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दर्शकहरुले निःशुल्क प्रवेश पाउनेछन् । महिला लिग पहिलोपटक आयोजना गरिएको हो । डबल राउन्ड रोबिनको आधारमा हुने महिला लिगमा ७ टोलीको...

नेपाल आज मलेसियासँग भिड्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फिफा बरियतामा नेपाल मलेसियाभन्दा माथि छ । तर, मलेसियाको प्राविधिक पक्ष राम्रो छ...