ताप्लेजुङको पाथीभरा केबलकार विवाद : अनिश्चितकालीन निषेध आदेश जारी
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विरोधमा शनिबार प्रहरीसँग झडप भएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन फुङ्लिङ बजारमा आइतबार बिहान ५ बजेदेखि अनिश्चित कालका लागि प्रशासनले निषेध आदेश जारी गरेको हो । फुङलिङ बजारमा शनिबार भएको झडपमा प्रहरी र आन्दोलनकारी सहित १२ जना घाइते भएका छन् । नो केबलकार समुहले निकालेको राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा दोहोरो झडप भएको हो । नो केबलकार समूहका...

