खेल नेपालसहित कुन- कुन देशले पाए अार्इसीसी एक दिवसीय बरियता
नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित चार राष्ट्रलाई बरियता दिएको जनाएको छ । क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइले यसअघि नै आइसीसीको बरियता पाइसकेका थिए । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सलाई भने शुक्रबार बरियतामा राखिएको आइसीसीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । सार्वजनिक गरिएको बरियतामा स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा रहेको छ...

