१ किलो नक्कली सुन दिएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते  ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।  सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल...