यौनकाण्डले अफगानी महिला फुटबलमा सनसनी, अध्यक्षको कार्यालयभित्रै गाेप्य अाेछ्यान
अफगानिस्तानकाे सरकार यतिबेला महिला राष्ट्रिय टाेली सदस्यलार्इ पुरुष प्रशिक्षक र अफिसियलले यौन शोषण र शारीरिक दुर्व्यवहार गरेकाे विषयमा अनुसन्धान गरिरहेको छ। आरोपितहरुमा अफगानिस्तान फुटबल संघका अध्यक्ष, पदाधिकारी, प्रशिक्षक र अफिसियलहरु छन्। राष्ट्रपति अर्साफ घानीले सोमबार मात्रै एउटा बन्द कोठामा अफगानिस्तान राष्ट्रिय ओलम्पिक कमिटीका सदस्यहरुलाई डाकेर आरोपको सुक्ष्म तरिकाले अनुसन्धान गर्न निर्देशन दिएका छन्। गत हप्ता वेलायती पत्रिका गार्जियनले अफगानी महिला खेलाडीले लगाएको यौन तथा शारीरिक हिंसाको आरोप फिफाले अनुसन्धान गरिरहेको समाचार प्रकाशित...

