धर्मको विषयमा सुन्दर विचार राखेको भन्दै साहरुखको भारतभर प्रशंसा

बलिउडका स्टार अभिनेता साहरुख खानले आफ्नो परिवारमा कहिल्यै धर्मको विषयमा विवाद र चर्चा नहुने बताएका छन्। स्टार प्लसमा प्रसारण हुने नृत्यसँग सम्बन्धीत कार्यक्रम ‘डान्स प्लस’मा साहरुखले भने,‘हाम्रो परिवारमा कहिल्यै हिन्दु, मुसलमानको कुराकानी हुँदैन। मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हु र मेरा बच्चाहरु भारतीय हुन्।’ गएको शनिबार उक्त कार्यक्रम प्रसारण भएको थियो। उक्त कार्यक्रममा साहरुखले भनेका थिए,‘मैले विद्यालयमा हुँदा कैयौंपटक म कुन धर्म हो भनेर लेख्नु पथ्र्यो। जब मेरी छोरी...