यूट्युब च्यानलको मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या ३ घाइते
अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युब च्यानलको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन । गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ । आक्रमणपछि...

