अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने, रासायनिक हतियार प्रयोग गरेको आरोप
काठमाडौं । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ । बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । तर रुसले भने आक्रमणमा संलग्नताको कडा रुपमा अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक तथा जैविक हतियारको...

