व्यापार युद्ध थाँती राख्न ट्रम्प र सी सहमत, दुबैले थप शुल्क नलगाउने

अमेरिका र चीन केही महिनादेखि जारी व्यापार युद्ध थाँती राख्न सहमत भएका छन्। अर्जेन्टिनामा भइरहेको जी २० सम्मेलनमा भएको डिनर वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच यस्तो सहमति भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। चाइना डेली र सिजिटिएन टेलिभिजनले आगामी जनवरीदेखि थप सामानमा कर नलगाउन दुबै राष्ट्रपति सहमत भएको उल्लेख गरेका छन्। यसअघि अमेरिकाले २ सय अर्ब डलर बराबरका चिनियाँमा सामानमा जनवरी १ देखि कर बढाएर १० बाट...