धनगढी । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेलबाट रिहा भएका छन्। सरकारले शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई माफी दिएको थियो । आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६/६ महिना कैद सजाय सुनाएको थियो । अरुण चौधरी मंसिर ४ को निर्वाचनमा कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कानुनी रूपमा फरार रहेका चौधरी माघ १९ मा बाँकेबाट पक्राउ...
कैद भुक्तानका लागि कारागार चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी ६ महिनापछि पुनः संसद फर्किन सक्नेछन्। प्रतिनिधि सभा सञ्चालन नियमावलीको २४४ (४) अनुसार चौधरी कैदमा बसुन्जेल मात्रै निलम्बनमा पर्ने भएका हुन्। यदि सर्वोच्च अदालतमा रिट परे भने संवैधानिक इजलासले उनको सांसद पद नै खारेज गरिदिन सक्छ। जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका सांसद चौधरी कैद भुक्तान गरेर पुनः संसदका रुपमा फर्किने...

