अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ मा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ३६ बर्षीय सन्तोष भुषालको मृत्यु भएको हो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । भुषालले चलाएको लु१ज १७७० नम्बरको जिप राति सबा ८ बजे सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ...

