अर्थमन्त्री जनार्दन शर्मा अमेरिकामा

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वासिङटन डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरू पुगेका थिए। अमेरिकाको राजधानी वासिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ । अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर...

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने ,बेलुका शपथ

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि...

अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै, ११ बजे मन्त्रिपरिषद् बैठक

अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो ।  “बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीँ राजीनामा दिँदै हुनुहुन्छ,” स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए...

गगन थापाकाे अाक्राेस – रामराम भन्छौ, काँध थाप्न सक्दैनौं

  कांग्रेस सांसद गगन थापाले कतिपय सांसद र अर्थशास्त्रीहरुले बजेट सन्तुलित भएको प्रतिकृया दिएपनि बजेटले चार ‘स’ लाई सम्बोधन गर्न नसकेको बताएका छन् । संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले चार ‘स’ अर्थात संघीयता, संविधान कार्यन्यन, संघीय वित्त व्यवस्थापन र सम्बृद्धिको सवालमा बजेट चुकेको बताए । उनले बहुमतको सरकारले ल्याउने बजेट १० बर्षको मार्गदर्शन गर्छ कि भन्ने अपेक्षा भएपनि बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको धारणा राखे । उनले सरकार एक...

पाकिस्तानी प्रधानमन्त्री अब्बासीे ३ बजे नेपाल आउँदै, अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री खतिवडालाई विमानस्थल पठाउने सरकारकाे निर्णय

फागुन २१, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीे दुईदिने औपचारिक भ्रमणका लागि आज अपराहन काठमाडौं आउन लागेका छन । उनि नवनिक्युत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आउन लागेका हुन । विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी दिउँसो ३ बजे आउन लागेका हुन । उनको भ्रमणको तयारीका लागि यसअघि नै पाकिस्तानी ‘एडभान्स टिम’ले सबै व्यवस्था मिलाइसकेको छ । अब्बासी नेपालमा १९ घन्टा रहनेछन । नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय...

अर्थमन्त्री डा.खतिवडालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिए यस्ताे सुझाव

फगुन १५, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई देश विकास र अर्थतन्त्र सुधारका निम्ति ३ क्षेत्रमा केन्द्रित हुन सुझाव दिएका छन । भट्टराईले खतिवडालाई अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा र उत्पादन वृद्धि, कर असुली र नाफा वृद्धिमा ध्यान दिन सुझाएका छन । पहिलो संविधानसभाको निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारका सफल अर्थमन्त्रीका रुपमा लिइने डा. भट्टराईले खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत सुझाव...

सांसद पदमा सर्वोच्चले रोक लगाएका डा. खतिवडा अर्थमन्त्री निश्चित,ईश्वर पोखरेलले पनि सपथ लिने

फागुन १४,काठमाडाैं । नेकपा एमालेबाट साेमबार दुई मन्त्रीले सपथग्रहण गर्ने भएका छन । डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव ईश्वर पोखरेलको भने मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन । यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको...