एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने अडान एमालेले राखेको छ । सभामुख देवराज घिमिरेले सून्य समय प्रारम्भ भएको बताउनासाथ एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका हुन् । एमालेले...

