तेस्रो जितको लक्ष्यमा अष्ट्रेलिया, पाकिस्तानसँग खेल्दै
एजेन्सी । तेस्रो जितको लक्ष्यसहित पाँच पटकको च्याम्पियन अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तानसँग खेल्दैछ । विश्वकपको १७ औँ खेल तथा आफ्नो चौथो खेलमा पूर्वच्याम्पियन अष्ट्रेलिया युवा टोली सम्मिलित पाकिस्तानसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ बजे कन्ट्री ग्राउण्डमा सुरु हुनेछ । लगातार वर्षाले दुई खेल अबरुद्ध भएपछि अष्ट्रेलिया र पाकिस्तानलाई पनि वर्षाकै चिन्ता छ । त्यहाँ वर्षा हुने पूर्वानुमान गरिएको छ । तीनमध्ये...

