आईजीपी ज्ञवालीले भनेः व्यावसायिक धर्म निभाउँछु
नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७औं महानिरीक्षकमा बढुवा गरेको थियो। आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो। यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए। दर्ज्यानी चिह्न...

