कतारसँग हार्यो नेपाल
काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ। सिंगापुरको इन्डियन ग्राउन्डमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनाएको थियो। नेपालका ओपनर व्याट्म्यान पारस खड्काले २८ रन बनाउँदा, ज्ञानेन्द्र मल्ल २३ रन बनाए। त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने सोमपाल कामीले ११ रन बनाए।...

