इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं । श्री एयरलाइन्सको विमान वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । आज बिहीबार बिहान ९ बजेर ४९...