आङ सान सुकी र राष्ट्रपतिलाई म्यानमारको सेनाले लियो नियन्त्रणमा

काठमाडौं । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । बीबीसीले जनाएअनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।  नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यानमारका सडकमा सैनिकहरुले गस्ती बढाएका छन् । गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको नेतृत्वमा रहेको पार्टीले बहुमत ल्याएको थियो । तर सेनाले भने उक्त चुनावमा धाँधली...

म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी नेपालमा

म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् । शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् । नोबेल पुरस्कार विजेतासमेत रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी हुन् । सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए। स्टेट काउन्सिलरको रुपमा सुकीको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको...