आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयहरुमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने जवाफ कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल...