आज पनि बढ्यो सुनको भाउ, सुन बजार सुनसान

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ इतिहासकै महङ्गो ६८ हजार पुगेको छ । आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा पुगेको थियो । सुन चाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ६७ हजार ७ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार चाँदी प्रतितोला ७९५...