पुुष्पलाल स्मृती ब्याटमिन्टनमा आर्मीका तीन खेलाडी सेमिफाइनलमा प्रवेश
त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीका रत्नजित तामाङ्ग र पुलिसका निर बिक्रम देवकोटालाई २१—१७, २१—१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । आर्मीका तामाङ्गले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१—१६, २१—१९ ले पराजित गरे । यस्तै आर्मीका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई...

