आमसभा कस्तो हुन्छ भन्ने माघ २३ गते देखाइदिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका छन्। शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिए। ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।’ उनले प्रचण्ड–नेपालहरुले देशभरबाट केही हजार कार्यकर्ता जम्मा गरेको बताए। ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्’,...