घरेलु मैदानमा लिभरपुलको हार

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । लिभरपुल घरेलु मैदानमा फ्रान्सेली क्लब स्ट्रासवर्गसँग ३–० ले पराजित भएको हो । एनफिल्डमा आइतबार राति भएको खेलमा स्ट्रासवर्गको जितमा एड्रिएन थोमासनले दुई तथा हावीवोउ डिएलोले एक गोल गरे ।एफए कम्युनिटी शिल्ड जितेको अर्को दिन नै खेल्नुपर्दा लिभरपुलले स्ट्रासवर्गविरुद्ध पहिलो रोजाईका पूरै खेलाडीलाई विश्राम दिदा हार बेहोर्न पुग्यो । खेलको चौथो मिनेटमा एड्रिएनले गोल गर्दै स्ट्रासवर्गलाई अग्रता दिलाए ।...