होल्डर र बनरको साझेदारीले इंग्ल्यान्डलाई वेस्ट इन्डिजको बलियो चुनौती

काठमाडौं । जसोन होल्डर र एनक्रुमा बनरले पाँचौँ विकेटका लागि ७५ रनको अविजित साझेदारी गरेपछि वेस्ट इन्डिजले इंग्ल्यान्डलाई पहिलो टेस्ट क्रिकेटमा बलियो चुनौती पेस गरेको छ । इंग्ल्यान्डले २६८/६ को अवस्थाबाट दोस्रो दिन थालेको थियो । दोस्रो दिन थाल्दा जोनी बेयरिस्टो १०९ र क्रिस वक्स २४ रन बनाएर क्रिजमा थिए । बेयरिस्टोले १४० रन बनाए भने वक्सले २८ रन जोडे । त्यसबाहेक इंग्ल्यान्डका अरू खेलाडीले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । इंग्ल्यान्डले...