इङ्ल्यान्ड नयाँ विश्व विजेता
काठमाडौं । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै मात्र २४१ रन बनायो । दुबै टोलीको रन बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । तर, सुपर...

