हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने

हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ। इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।शनिबार बन्धकमुक्त ६ जना नै पुरूष छन्। ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्। उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै  हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ। त्यतिबेला उनीहरू...