विश्वकपमा आज दुई समूहका चार खेल
विश्वकपमा सोमबार तेस्रो चरणका खेल सुरु हुँदैछ। तेस्रो चरणअन्तर्गतको पहिलो दिन चार खेल हुनेछन्। पहिलो खेलमा उरुग्वेले आयोजक रुसको सामना गर्नेछ। समूह एमा रहेका यी दुई टिम यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। आयोजक रसियाले समूह चरणको पहिलो खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले हराएको थियो। त्यस्तै समूह उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गर्दा दोस्रो खेलमा साउदीलाई पनि...

