करिब ३ हजार १ सय बोट केरा फडानी मुख्य अभियुक्त कारागार चलान

चितवनको कालिका नगरपालिका वडा नं. ६ नया टोलमा भएको केरा फडानीको मुख्य अभियुक्त कारागार चलान भएका छन् । बैशाख १७ गते राती १२ जना किसानले लगाएको करिब ३ हजार १ सय बोट केरा फडानी भएको थियो । उक्त फडानीमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनामाथी मुद्दा दायर गरेको थियो । घटनाको केहि दिनमा नै प्रहरीले कालिका नगरपालिका १ बस्ने मनिष गुरुङ र अर्जुन वि.क. गहतराज, कालिका ३ बस्ने गोपाल परियार र...