व माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई...
मोरङ – मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् । गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते छन् । आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युत्को पोलबाट प्रवाह भएको...

