काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो । कफ्र्यु आदेश जारी...
काठमाडौं । मंगलबार बाँकेको नेपालगञ्जमा कर्फ्युको आदेश जारी भएपनि स्थानीयले प्रदर्शन गरेका छन् । कर्फ्युको अवज्ञा गर्दै बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । गत आइतबार एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायका केही...
एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ। ना. २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो। बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर सडक...

