“म धनी छु, किनकि मसँग योनी र स्तन छ” ( मार्मिक कविता )
-बिनु लुईंटेल
म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ रु तर थाहा छ आमा तिमीलाई आजभोलि छोरीसँग लुटिन धन हैन नी स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा सकी नसकी छोप्ने गरेका मेरा संवेदनशील अंगलाई आजभोलि जताततै उदाङगो बनाइन्छ क्षतविक्षत पारिन्छ टोकिन्छ,काटिन्छ चलाइन्छ । आमा म पनि धेरै धनी छु नि मसँग पनि स्तन र योनी छ यसैले त म असुरक्षित छु । यसैले आमा...

