आकाश पलकाे ब्यानरमा निर्माण चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलिज(भिडियाेसहित)

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भोलाराज सापकोटा, नीशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मिलन श्रेष्ठको सम्पादन, हरि लामा...